सन् २०२३ मा सिङ्गापुरमा ८८ हजारभन्दा धेरै रोजगारी सिर्जना

 चैत १, २०८० बिहीबार १८:२९:४ | एजेन्सी
unn.prixa.net

सन् २०२३ मा सिङ्गापुरमा ८८ हजारभन्दा धेरै रोजगारी सिर्जना भएको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज सार्वजनिक गरेको श्रम बजार प्रतिवेदन अनुसार नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार पाँच सय गैरआवासीय र चार हजार नौ सय जना स्थानीय रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सिङ्गापुरवासीका लागि धेरैजसो नयाँ रोजगारीको अवसर निर्माण, विनिर्माण र वित्तीय सेवाजस्ता उच्च–भुक्तानीका क्षेत्रमा रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सन् २०२३ को डिसेम्बरसम्ममा सिङ्गापुरमा आप्रवासी घरेलु कामदारबाहेक अन्य ३७ लाखभन्दा बढी कामदार कार्यरत छन् । सन् २०२२ मा छ हजार चार सय ४० जनाको रोजगारी कटौती भएकोमा सन् २०२३ मा यो सङ्ख्यामा वृद्धि भई १४ हजार पाँच सय ९० जना पुगेको छ ।

गएको वर्ष सिङ्गापुरको दीर्घकालीन बेरोजगारी दर शून्य दशमलव सात प्रतिशतमा स्थिर रहेको थियो ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया