झापाको जामुनखाडी सिमसार क्षेत्रमा पर्यटकको आवागमन बढ्यो
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – जापान पठाइदिने भन्दै ठगी गर्ने भक्तपुर सूर्यविनायक नगरपालिका ७ का अजय तामाङ पक्राउ परेका छन् ।
वैदेशिक रोजगार ठगीमा चार वर्ष ६ महिना कैद सजाय सुनाइएका फरार अजयलाई शुक्रबार केन्द्रीय अनुसन्धा व्यूरो (सीआईबी)ले शुक्रबार कोटेश्वरबाट पक्राउ गरेको हो ।
सुमन ऐरीलाई जापान पठाइदिन्छु भन्दै रकम लिएर नपठाएपछि वैदेशिक रोजगार न्यायाधिकरणले गएको वर्ष मंसिरमा अजयलाई साढे चार वर्ष जेल र चार लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
फैसला कार्यान्वयनका लागि अजयलाई भक्तपुर जिल्ला अदालतमार्फत् कारागार कार्यालय डिल्लीबजार पठाइएको सीआईबीले जनाएको छ ।