‘काम गर्दा सुरक्षालाई पहिलो प्राथमिकता दिऔँ’

 भदौ १, २०७९ बुधबार १२:३७:४६ | उमेश यादव
unn.prixa.net

जुनै पनि कार्यस्थल जहाँ श्रमिक सम्बद्ध छन्, जहाँ केही न केही पेसामा काम गर्छन् भने त्यहाँबाट हानी गर्न सक्ने तत्त्वहरू पक्कै पनि उत्सर्जन भइरहेको हुन्छ ।

तिनीहरूको पूर्वानुमान गर्ने, पहिचान गर्ने र त्यसले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न नसकोस् भनेर मानवलाई बचाउन जे व्यवस्थापन गरिन्छ त्यो नै व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य हो । 

भौतिक रूपमा तपाईँ एउटा कार्यस्थलमा प्रवेश गर्नुहुन्छ भने तपाईँमा हुने प्राकृतिक ग्रोथ बाहेक अरू कुनै परिवर्तन पेसाको कारणले आउन हुँदैन । प्राकृतिक ग्रोथ भन्नाले तपाईँको नङ बढ्न सक्छन्, कपाल बढ्न सक्छन् उमेर बढ्न सक्छ ।

तर कार्यस्थलमा कसैलाई चोटपटक लाग्न सक्छन्, कसैलाई मानसिक तनाव होला । यो बाहेक पनि पेसा अनुसार  विभिन्न समस्याहरू हुन सक्छन् । तर त्यस्तो चाहिँ देखिनु हुँदैन । त्यस्ता समस्या नदेखिनका लागि तपाईँको कार्यस्थलमा के कस्ता सुधारको व्यवस्था गरिएको छ त्यसलाई नै व्यवसायजन्य सुरक्षा भन्छौँ हामी ।

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको कुरा आजबाट मात्रै सुरु भएको हैन । इतिहास  हेर्ने हो भने जब औद्योगिक क्रान्ति सुरु भयो त्यो बेला पनि केहीदेखि नै उठेको पाइन्छ । त्यो बेला श्रमिकको भरमा नै सबै काम हुन्थ्यो । बिस्तारै मेसिनहरू आयो । तर पनि दुर्घटना कम भएन । दुर्घटना भइनै रह्यो । त्यसपछि श्रमिक आन्दोलनहरू भए ।

त्यस बेला भने अब चाहिँ कार्यस्थल दुर्घटनाका कुराहरूलाई सम्बोधन गरिएन भने स्थिति भयावह हुन सक्छ भनेर व्यवसायजन्य सुरक्षाको कुरा उठान भएको हो । त्यो बेला पनि विभिन्न कामहरूमा के जोखिम छन् भनेर यी वर्गीकरण भएको पाइन्छ ।

पश्चिमा देशहरूले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको क्षेत्रमा कोशेढुङ्गाको रूपमा काम गरेका छन् । पहिला जर्मनीमा फ्याक्ट्री एक्ट आयो । जहाँ चाहिँ बढी जसो कटन मिलमा काम गर्ने कामदारलाई त्यसमा पनि विशेष गरी चाइल्ड वर्करहरुलाई बढी काम लगायो भने दुर्घटना हुन्छ भन्ने थियो भने पछि चाहिँ महिला वर्कर पनि दुर्घटनामा पर्न सक्छन् उनीहरूलाई पनि सम्भावित दुर्घटनाबाट बचाउन पर्‍यो भन्न थालियो ।

यसको मतलब के हो कार्यस्थलमा दुर्घटनाहरू भइरहेका छन् र यसलाई रोक्न एकदमै आवश्यक छ ।

दुर्घटना हुने दुई कारण

सैद्धान्तिक हिसाबले हेर्दा दुर्घटना हुने दुई वटा कारण छन् । अनसेफ एक्ट र अर्को चाहिँ अनसेफ कण्डिसन हुन्छ । पश्चिमका देशहरूले गरेका  अध्ययनहरूको प्रतिवेदन हेर्ने हो भने ८८ प्रतिशत दुर्घटना चाहिँ अनसेफ क्रियाकलापको कारणले भएको पाइन्छ ।

भनेको कामदारले गर्ने क्रियाकलाप अर्थात् सावधानी नअपनाएको कारणले गर्दा दुर्घटना घटेको देखिन्छ । व्यक्तिहरूले असावधानीको कारणले घट्ने घटनाहरू बढी भएको अध्ययनहरूले देखाएको छ । १० प्रतिशत चाहिँ असुरक्षित कन्डिसनको कारणले हुन्छ ।

सुरक्षित कार्यस्थल भनेको जहाँ श्रमिकहरू दुर्घटनामा परेका छैनन् र दुर्घटनामा यदि परेका छन् भने पनि सङ्ख्या एकदमै कम छ भने त्यहाँ व्यवसायजन्य सुरक्षा राम्रो भइरहेको छ भनेर बुझ्दा हुन्छ ।

तर कतै न कतै केही चोटपटक देखिइरहेको छ भने चाहिँ व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यमा केही त्रुटि छ भनेर बुझ्दा हुन्छ । र, यस्तो कार्यस्थललाई सुरक्षित कार्यस्थल भनेर मान्न सकिँदैन । 

कार्यस्थलको कुरा गर्दा कार्यस्थलमा जहाँ मेशिनहरू राखिएको हुन्छ त्यो व्यवस्थित भएन, समयमा उपकरणहरूको मर्मत भएन, मेसिन सम्बन्धी जानकारी छैन तर तपाईँ गएर चलाउनुभयो, हाउसकिपिङको राम्रो व्यवस्था छैन, तालिमको अभाव छ, श्रमिक आफैँले पनि सुरक्षाको उपायहरू जान्दा जान्दै पनि अपनाएका छैनन् भने पनि कार्यस्थल दुर्घटना हुन सक्छ । 

कार्यस्थलमा खतराका विभिन्न स्रोतहरू हुन्छन् । खतराको स्रोतहरूलाई पूर्व अनुमान गरेर त्यसको निराकरणका लागि काम ग¥यो भने पक्कै पनि सम्भावित दुर्घटनाबाट श्रमिकलाई बचाउन सकिन्छ । 

खतराबाटै दुर्घटना हुने र खतराको स्रोतमा नै हामीले नियन्त्रण गर्न पर्छ । त्यसमा सैद्धान्तिक रूपमा के भन्छन् भने पाँच वटा चरणहरू हुन्छन् । इलिमिनेसन जसलाई निर्मलीकरण भनिन्छ ।

अर्को भनेको खतराको स्रोतको विकल्पमा कम खतराको स्रोतलाई प्रयोग गर्ने र तेस्रो नम्बरमा प्राविधिक इन्जिनियरिङ कन्ट्रोलहरूबाट पनि जोखिम कम गर्न सकिन्छ । अर्को भनेको व्यवस्थापकले गर्ने नियन्त्रणको कुरा भयो ।

समयको व्यवस्थापन गर्ने, अनुगमन गर्ने गर्नु पर्छ । त्यसो गर्दा श्रमिकलाई पनि मैले यो पालना गरिन भने यसो हुन सक्छ भन्ने डर हुन्छ र सजग भएर काम गर्छन् ।

जहाँ जोखिम बढी देखिन्छ त्यहाँ समयको कन्ट्रोल गर्ने, एउटै कामदारलाई लगातार एउटै काममा नलगाउने र कार्यस्थलमा सूचनामूलक पोस्टरहरू राख्ने गर्दा पनि श्रमिकहरू सचेत हुनुहुन्छ ।

समयको व्यवस्थापन गर्ने, अनुगमन गर्ने गर्नु पर्छ । त्यसो गर्दा श्रमिकलाई पनि मैले यो पालना गरिन भने यसो हुन सक्छ भन्ने डर हुन्छ र सजग भएर काम गर्छन् ।

आफ्नो कार्यस्थलको आन्तरिक मात्र हैन बाह्य रूपमा पनि जाँच गराउने गर्नुपर्छ । कहिलेकाहीँ आफूलाई आफ्नो कार्यस्थल एकदमै राम्रो लाग्न सक्छ । त्यहाँ भएका जोखिमहरू नदेखिएको हुन सक्छ ।

त्यसकारण कहिलेकाहीँ बाह्य व्यक्ति तथा विज्ञ ल्याएर पनि कार्यस्थलको सुरक्षाको जाँच गराउन पर्छ । उनीहरूले पनि केही परिवर्तन गरिदिन सक्छन् । पाँचौँ भनेको पर्सनल प्रोेटेक्टीभ इक्युप्मेन्ट हो । यो पनि लगाइएन भने त दुर्घटना कसले पनि रोक्न सक्दैन । नेपालमा चाहिँ यही विकल्पलाई धेरै प्रयोग गरिएको पाइन्छ । तर यो भनेको कम प्रभाकारी विकल्प हो । तर यसको अरू विकल्प चाहिँ छैन । 

नेपालमा कार्यस्थल सुरक्षाका लागि कानुनी रूपमा प्रशस्त व्यवस्थाहरू भएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले, श्रम ऐन, श्रम नियमावली, नेपालको आफ्नै व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति पनि आइसकेका छ । कार्यस्थलमा अधिकतम प्रकाशको लागि मापदण्ड आइसकेको छ । साउन्डका लागि पनि आएको छ ।

क्षेत्रगत रूपमा इँटा उद्योगमा काम गर्नेहरूका लागि के हुन सक्छन् त उहाँहरूका लागि भनेर पनि निर्देशिका आएको छ ।  श्रमिकलाई बचाउनका लागि नियम कानुनमा पनि प्रशस्तै व्यवस्था भएको देखिन्छ । 

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र २०५२ सालमा स्थापना भएको हो । त्यो बेला तत्कालीन श्री पाँचको सरकार र अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओको सहयोगमा स्थापना भएको हो ।

सुरुमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजनाको रूपमा यो स्थापना भएको हो । २०७५ साल ४ महिना १ गतेदेखि नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णय अनुसार स्थायी संरचनामा कायम भई श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गत १२ वटा निकाय मध्ये एउटा केन्द्रीय निकायको रूपमा यो रहेको छ ।

हामीले वार्षिक रूपमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह मनाउँदै आएका छौँ । वर्षमा करिब ३५ वटा तालिमका कार्यक्रमहरू गर्दै आइरहेका छौँ ।

कामको जिम्मेवारीको हिसाबले हेर्दा नेपालमा जति पनि श्रम र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धित ऐन र नियमावली छन् त्यसको तर्जुमा गर्ने काम हामीले गरिरहेका छौँ भने व्यवस्थापक, श्रमिक र सरकारी कर्मचारीहरूलाई पनि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी तालिम दिने गरेका छौँ ।

सचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौँ । जसमा हामीले वार्षिक रूपमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह मनाउँदै आएका छौँ । वर्षमा करिब ३५ वटा तालिमका कार्यक्रमहरू गर्दै आइरहेका छौँ ।

हामीले इन्टरभेन्सन सम्बन्धी काम पनि गर्छौँ । जस्तो एकै थरीका पाँच छ वटा उद्योग छान्ने र त्यसमा इन्टरभेन्सन सम्बन्धीजस्तो पहिला चाहिँ मोनिटरिङ गर्ने र त्रुटि के देखिन्छ त्यस अनुसार सुधारका लागि लगातार तीन महिनासम्म तालिम सञ्चालन गर्छौँ । 

विभिन्न कार्यस्थलमा गएर खतरायुक्त तत्त्वहरूको अध्ययन गरेर रिपोर्ट पनि बनाउँछौँ र सम्बन्धित निकायमा बुझाउँछौँ । साथै सुधारका लागि सुझावहरू पनि दिन्छौँ । तथ्याँकहरुलाई हाम्रो ल्याबमा विश्लेषण गर्छौँ र त्यसलाई राष्ट्रिय मापदण्ड बनाउने उद्देश्य स्वरूप राख्छौँ । 

विगतमा चाहिँ हामी तालिममा मात्र फोकस थियौँ । तर अहिले भने तालिममा पनि उद्योगलाई मात्र फोकस नगरेर विद्युतीय क्षेत्र, अटोमोवाइल, सरसफाइकर्मी जसलाई खासै चिनिएको छैन त्यस्ता क्षेत्रहरूलाई पनि समेट्दै अघि बढिरहेका छौँ । यी क्षेत्रमा पनि तालिमहरू नियमित गरिरहेका छौँ । 

सबै क्षेत्रका श्रमिक उत्तिकै जोखिममा छन्

उद्योगमा काम गर्ने श्रमिक मात्र जोखिममा छैनन् । सबै क्षेत्रमा कार्यरत श्रमिकहरू उत्तिकै जोखिममै हुनुहुन्छ । काम तथा शारीरिक क्षमताको कुराहरूले गर्दा टेबल वर्क गर्नेहरूलाई पनि पेसागत रोगहरू देखिन सक्छ । तर नेपालमा चाहिँ सीमित स्रोत साधनको कारणले गर्दा पहिला उद्योगहरूलाई केन्द्रमा राखिएको थियो ।

काममा सुरक्षाको हिसाबले हामीले अवधारणा नै विकास गर्न सकियो भने दुई तीन महिनाको समय दुःख लाग्न सक्छ ।

तर अहिले भने अन्य क्षेत्रहरूलाई पनि  समेट्नुपर्छ भनेर काम भइरहेको छ । केन्द्रमा अहिले २० जना कर्मचारीको दरबन्दी छ यहीबाट देश भरी काम गर्न त गाह्रो हुन्छ ।

अब देश सङ्घीय संरचनामा गएपछि यसलाई  नेपाल भरी नै लागू गर्ने हो प्रदेश सरकार र स्थानीय सरकारसँग हातेमालो गरेर त्यहाँ उहाँहरूलाई पनि तालिम दिएर नेपाल भरी नै फैलाउन पर्छ ।

 अर्को चाहिँ सुरक्षाको हिसाबले जुन दुर्घटनाहरू भएका छन् यसलाई चाहिँ सेफ्टी कल्चरसँग जोड्न पर्छ । काममा सुरक्षाको हिसाबले हामीले अवधारणा नै विकास गर्न सकियो भने दुई तीन महिनाको समय दुःख लाग्न सक्छ ।

तर पछि त्यो कल्चर बस्यो भने पछि गएर होइन यो त आवश्यक रहेछ भनेर लाग्न थाल्छ । जसअनुसार केन्द्रले व्यवस्थापक र श्रमिकलाई सँगै राखेर तालिम दिइरहेको छ । जसले भविष्यमा राम्रो प्रतिफल दिन्छ भन्ने केन्द्रको विश्वास छ ।

काम सँगसँगै ज्यानको माया गरौँ

तपाईँको ज्यान कति अमूल्य छ भन्ने कुरा चाहिँ कोही दुर्घटनामा परेर बेडमा परेपछि थाहा हुन्छ । १५ दिन काममा जान नसक्दा तलब आउँदैन तलब नआएपछि घर चलाउन समस्या हुन्छ।

कमाउने मानिस नै दुर्घटनामा प¥यो भने उसको घरपरिवार बिचल्लीमा पर्न सक्छन् । काम गर्दा यी कुरा सम्झनुभयो भने तपाईँ आफैँ सचेत हुन सक्नुहुन्छ । सुरक्षा भनेको एक दिन अघिको कुरा हो ।

तपाईँको हेलचेक्र्याइँले तपाईँको मात्र नभएर तपाईँ माथि आश्रित सबैजना बिचल्लीमा पर्न सक्छ । त्यसैले काम गर्दा सुरक्षालाई पहिलो प्राथमिकता दिऔँ ।

तपाईँले केही लापरबाही गर्नुहोला दुर्घटनामा पर्नुहोला र पछि चाहिँ पछुतोमा बाच्न पर्ने हुन्छ । जस्तो यो नभएको भए त्यो हुन्थ्यो होला भन्ने हुन्छ । त्यसैले त्यो पछुतोभन्दा एक  दिन अघि गर्ने प्रयास नै व्यवसायजन्य सुरक्षा हो ।

जसले प्रतिफलको रूपमा दीर्घकालीन रूपमा एउटा पेसामा रहन र तपाईँको दिर्घायूको लागि पनि पक्कै भूमिका खेल्न सक्छ । तपाईँको ज्यान छ त तपाईँ हो । तपाईँ एक जनामाथि धेरै जना आश्रित हुन्छन् ।

तपाईँको हेलचेक्र्याइँले तपाईँको मात्र नभएर तपाईँ माथि आश्रित सबैजना बिचल्लीमा पर्न सक्छ । त्यसैले काम गर्दा सुरक्षालाई पहिलो प्राथमिकता दिऔँ ।

(केन्द्र प्रमुख यादवसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

उमेश यादव

उमेश यादव व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका केन्द्र प्रमुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया