आउँदाे वर्षकाे बजेट लेख्न समिति गठन

 चैत १६, २०८० शुक्रबार १८:९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्रालयले आउँदाे आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आउँदाे आर्थिक वर्षका लागि आज बजेट लेखन समिति गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

आउँदाे आर्थिक वर्षकाे बजेट वक्तव्य लेखनका लागि सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा सदस्य हुनुहुन्छ ।

समिति संयोजक शर्माले भोलि शनिवार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिनुभयो । विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने उपनिर्देशक शर्माले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया