बजेट लेख्ने काम शुरु, सुझाव पठाउन अर्थ मन्त्रालयको आग्रह

 चैत १९, २०८० सोमबार १०:३८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेख्ने काम शुरु भएको छ । अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव समेत मागेको छ । वैशाख मसान्तभित्र सुझाव पठाउन मन्त्रालयले विभिन्न सङ्घ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आग्रह गरेको हो ।

मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर सुझाव दिन सकिन्छ । बजेट मस्यौदा लेखनको काम शुरु भएको र मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रीत हुनुपर्ने भएकाले अत्यावश्यकबाहेक भेटघाटमा नआइदिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

गएको शुक्रवार अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गर्नुभएको थियो । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । समितिले अस्ति शनिवारदेखि नै बजेट मस्यौदा लेखनको काम थालिसकेको छ ।

हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसवर्ष सरकारले बजेट निर्माणको कार्यतालिकामा हेरफेर गर्दै बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरिसकेको छ ।

दुवै सदनबाट बजेटका सिद्धान्त र प्राथमिकता पारित पनि भैसकेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया