पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी

 बैशाख १३, २०८१ बिहिबार ९:४१:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पत्नीलाई मुद्दा परेपछि आफ्नो सार्वजनिक काम र कर्तव्य रोक्नुभएको छ ।  यस अवधिमा उहाँले पदमा निरन्तरता दिने कि रोक्ने भन्नेबारे विचार गर्ने बीबीसीले जनाएको छ ।

स्पेनका प्रधानमन्त्रीले आफूले आफ्नो पद तथा भविष्यको निर्णयबारे मे २९ मा सार्वजनिक गर्ने बताएका खबरमा उल्लेख छ । अदालतले प्रधानमन्त्री पेड्रोकी पत्नी बेगोना गोमेजविरुद्ध भ्रष्टाचारको आरोपमा अनुसन्धान गरिरहेको छ । गोमेजले अदालतमा आफ्नो सम्मानको रक्षा गर्ने र अदालतको काम तथा अनुसन्धानमा सघाउने प्रधानमन्त्री पेड्रोले बताउनुभएको छ ।

बेगोना गोमेजविरुद्ध भ्रष्टाचार विरोधी अभियानकर्ता मानोस लिम्पियासले उजुरी गर्नुभएको थियो । उहाँले पछिल्लो केही वर्षमा उच्च प्रोफाइलविरुद्ध अदालतमा मुद्दा दर्ता गर्दै आउनुभएको छ । प्रधानमन्त्री पेड्रोले आफू र श्रीमतीलाई राजनीतिक र व्यक्तिगत रूपमा कमजोर पार्ने उद्देश्यले महिनौँसम्म लगाएर फसाउने रणनीति लिएका आरोप लगाउनुभएको छ । अदालतले बेगोना गोमेजमाथि लगाइएको आरोपबारे विस्तृत जानकारी भने  दिएको छैन । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया