पूर्वी क्षेत्रमा मनसुन सक्रिय, जनजीवन प्रभावित

 असार २५, २०८१ मंगलबार १२:१९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कोशी प्रदेश लगायत देशका पूर्वी भागमा गएरातिदेखि ठूलो पानी परिरहेको छ । पूर्वी नेपालका भूभागमा मनसुनको न्यून चापीय रेखा सरदर र सरदर स्थानभन्दा माथि रहेकाले कोशी, मधेश, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ ।

पश्चिम नेपालमा भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेकाले हिजो दिउँसोदेखि नै मनसुनको गतिविधिमा उल्लेख्य कमी आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि केही ठाउँमा बिहान हल्का पानी परे पनि अहिले धेरै ठाँउमा घाम लागेको छ । दिउँसो फेरि केही ठाउँमा हल्कादेखि मध्ययम वर्षा हुने सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

अहिले विशेषगरी धनुषा, सर्लाही,  झापा, मोरङ, सुनसरी , सिन्धुली र मकवानपुरमा ठूलो पानी परेको छ । यस क्षेत्र भई बग्ने स–साना नदीहरुमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकोले नदी तटीय क्रियाकलापमा उच्च सावधानी अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार सिन्धुलीको कमला नदीमा जलसतह सतर्कता तह पार गरी खतरा तह आसपास र बढ्दो क्रममा रहेको छ । यस्तै धनुषा र सिराहाको तटीय क्षेत्र लगायत डुबान भइरहने होचा ठाउँमा हुनेले बेलुकासम्म सतर्कता अपनाउन आग्रह गरिएको छ । 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया