बीपी राजमार्गको काभ्रे–नेपालथोक सडकमा ५ घन्टासम्म जाममा बस्नुपर्ने बाध्यता

 कात्तिक ७, २०८१ बुधबार १४:५७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाढी र पहिरोले सडक भत्काएपछि बीपी राजमार्गको काभ्रे–नेपालथोक सडकमा पाँच घन्टासम्म जाममा बस्नुपर्ने भएको छ । सुनकोशी नदीले नौ किलोमिटरभन्दा धेरै सडक बगाएपछि त्यहाँ बैकल्पिक सडक बनाइएको छ । तर सडक साँघुरो र असहज भएको कारण गाडीको लामो जाम हुने गरेको छ ।

पाँच घन्टा जाममा बस्नुपर्ने भए पनि पूर्वी जिल्लाबाट काठमाण्डौ आवातजावात गर्ने चालकहरुले त्यही बाटो प्रयोग गर्ने गरेका छन् । चितवन हुँदै काठमाण्डौ आवातजावात गर्ने विकल्प भए पनि छोटो बाटो भएकोले जाम सहेरै बीपी राजमार्गबाट गाडी चलाइरहेको चालकहरु बताउँछन् ।

पर्यटकीय क्षेत्र खुम्बु जाने पर्यटकहरुले लुक्ला जानका लागि रामेछापको मन्थली विमानस्थल प्रयोग गर्नुपर्ने भएकोले पनि बीपी राजमार्गमा गाडीको चाप बढेको छ ।  

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया