सिनेमा हलहरुमा आजदेखि ‘नम्बरी सुन’

 साउन २५, २०८१ शुक्रबार १०:२२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिनेमा हलहरुमा आजदेखि चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आउँदैछ । सुवर्ण सिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रले ७० वर्षअघि गाउँघरमा सुनका गहना बनाउनेहरूको कथा समेटेको छ ।

निर्देशक राजु गिरीको निर्देशनमा बनेको यस चलचित्रमा प्रेम, संवेदना, र व्यङ्ग्यलाई समेटिएको छ । चलचित्रमा अभिनेता सरोज खनालले मुख्य भूमिका रहेको छ । सरोजले चलचित्रमा एक मुखियाको भूमिका निर्वाह गर्नुभएको छ, जसलाई उहाँले यसअघि गरेका चलचित्रहरू ‘पञ्चायत’ र ‘मोदीबेनी’मा निभाएका भूमिकाहरूभन्दा फरक रहेको बताउनुभएको छ ।

चलचित्रले मुखियाको पात्रलाई युवावस्थादेखि वृद्धावस्थासम्मको जीवनका विभिन्न चरणहरूमा देखाउन खोजेको छ । चलचित्रमा अभिनेत्री नम्रता सापकोटाले प्रेम प्राप्तिका लागि सङ्घर्षरत ग्रामीण युवतीको भूमिका निर्वाह गर्नुभएको छ ।

साथै, गौरव पहारी, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने लगायतका कलाकारहरूको पनि सशक्त अभिनय यस चलचित्रमा देखिन्छ । चलचित्रको कथा र पटकथा शिवम् अधिकारीले लेख्नुभएको हो । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामिछानेको नृत्य निर्देशन, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, र गौतमराज खड्काको सम्पादन चलचित्रमा समावेश छ ।

निर्देशक राजु गिरीले यस चलचित्रलाई आफ्ना अघिल्ला फिल्महरूभन्दा उत्कृष्ट भएको दाबी गर्नु भएको छ । चलचित्रको प्रचारप्रसारमा फरक शैली अपनाइएको छ । प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई सुनको मोतीवाला चन्द्रहार उपहार दिने घोषणा गर्नुभएको छ ।

खल्ती एपबाट टिकट काट्ने पाँच जना र अरु सात जना दर्शकलाई गोलाप्रथाबाट छनोट गरिनेछ । नारायण खाती स्वयं सुन व्यवसायी हुनुहुन्छ, र चलचित्रको कथा आफ्नो पेशासँग सम्बन्धित रहेकोले पहिलो पटक फिल्म बनाएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया