भदौ ११ गतेदेखि १६ गतेसम्म 'नाडा अटो शो'

 साउन ३१, २०८१ बिहीबार ९:२४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो भदौ ११ देखि १६ गतेसम्म 'नाडा अटो शो २०२४' आयोजना हुने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अनुसार काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनीस्थलमा 'अटो शो' हुनेछ ।

यस वर्ष अटोमोबाइल प्रदर्शनी, टाटा ईभी, नाडा अटो शो २०२४ गर्न लागिएको नाडा अटो शो २०२४ को समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार यस वर्षको प्रदर्शनीमा २४ वटा चार पाङ्ग्रे ब्रान्ड, १९ वटा  दुई पाङ्ग्रे ब्रान्ड र १२ वटा हल्का व्यावसायिक गाडीका ब्रान्ड प्रदर्शनीमा रहनेछन् । प्रदर्शनीमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अरू अटो कम्पोनेन्टमा ३३ कम्पनी तथा सात वटा वित्तीय संस्थाले वित्तीय समाधान पनि दिने उहाँले बताउनुभयो ।

प्रदर्शनीमा एक सय ३० वटा स्टल रहने र ९५ प्रदर्शकले आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्ने पनि आयोजकले जनाएको छ । अटोमोबाइल्स एशोसिएशनले दुई दशक अघिदेखि गाडीहरूको प्रदर्शनी 'नाडा अटो शो' गर्दै आएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया