४ कारोबार दिनपछि शेयर बजार सामान्य बढ्याे
बैशाख ११, २०८२ बिहिबार
काठमाण्डौ – अमेरिकाले अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यको अनुदान सहयोग कार्यक्रम एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले बन्दका लागि प्रक्रिया अगाडि बढाएको हो ।
एमसीसीका कर्मचारीलाई इमेलमार्फत यसबारेमा सूचित गरिएको र उनीहरूलाई ‘मे’ ५ तारिखदेखि प्रशासकीय बिदामा राखिने सम्भावना रहेको रोयटर्सले जनाएको छ ।
अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसले सन् २००४ मा स्थापना गरेको एमसीसीलाई बन्द गर्ने निर्णय प्रक्रियामा अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको खर्च कटौती नीतिअन्तर्गत परेको हो ।
एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाअन्तर्गतका काम पनि रोकिने छन् । नेपालमा गएको २०८० भदौदेखि एमसीसी परियोजना कार्यान्वयनमा आएको थियो । नेपाल र अमेरिकाबीच २०७४ भदौमा एमसीसी परियोजना अघि बढाउने सम्झौता भएको थियो ।
एमसीसीले विकासशील देशसँग साझेदारी गर्दै विद्युत् आपूर्ति, सडक निर्माणजस्ता महत्त्वपूर्ण पूर्वाधारमा लगानी गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।