४ कारोबार दिनपछि शेयर बजार सामान्य बढ्याे
बैशाख ११, २०८२ बिहिबार
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन दबाव दिने निर्णय गरेको छ । केन्द्रको आज बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउन सरकारलाई दबाव दिने निर्णय गरेको हो ।
साथै गएको चैत २० गतेदेखि काठमाण्डौमा आन्दोलन गरिरहेका शिक्षकहरूका माग सम्बोधनका लागि पहल गर्न आवश्यक सहकार्य गर्ने, सङ्घीयता कार्यान्वयनमा पहलकदमी लिनेलगायतका निर्णय गरेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण विधेयकहरू संसद्बाट पारित गराउन सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।