चीनले आज मानवयुक्त अन्तरिक्षयान प्रक्षेपण गर्दै

 वैशाख ११, २०८२ बिहीबार १२:११:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनले आज मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ । चिनियाँ अन्तरिक्षयात्रीहरू अन्तरिक्ष स्टेशनका लागि प्रस्थान गर्ने अन्तिम तयारीमा छन् ।

चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमअन्तर्गत ‘शेन्जोउ–२०’ अन्तरिक्ष यान उत्तर–पश्चिम गान्सु जिउचुवान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिने चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएसएमए) ले जानकारी दिएको छ ।

‘शेन्जोउ–२०’ चीनको मानवयुक्त अन्तरिक्षयान शृङ्खला ‘शेन्जोउ’ को एउटा सम्भावित भविष्यको मिशन हो जुन चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशनसँग सम्बन्धित हुनेछ ।

शेन्जोउ मिशन अन्तरिक्षयात्री र वैज्ञानिक उपकरणलाई अन्तरिक्ष स्टेशनमा पठाउने तथा फर्काउने कार्यमा प्रयोग गरिन्छ ।

‘शेन्जोउ–२०’ को प्रक्षेपणका लागि लङ मार्च–२ एफ नामक रकेट प्रयोग गरिने सीएसएमएका प्रवक्ता लिन सीछ्याङलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

‘शेन्जोउ–२०’ का चालक दल आउँदो अक्टोबर महिनाको अन्त्यतिर उत्तर चीनको डोङफेङ अवतरणस्थलमा फर्कने तालिका छ ।

आज चीनको दशौं ‘अन्तरिक्ष दिवस’ पनि हो । चीनले सन् २०१६ देखि अप्रिल २४ तारिखलाई आफ्नो पहिलो उपग्रह ‘दोंगफाङहोङ–१’ को सफल प्रक्षेपणको सम्झनामा अन्तरिक्ष दिवसका रूपमा मनाउँदै आएको छ । चीनले पछिल्ला वर्ष आफ्नो अन्तरिक्ष कार्यक्रममा अर्बौं डलर लगानी गरेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया