सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क खोप...
बैशाख १३, २०८२ शनिबार
काठमाण्डौ – सरकार र शिक्षकहरुबीच हिजो हुने भनिएको वार्ता रोकिएको छ । वार्ताका लागि शिक्षा मन्त्रालयले नै शिक्षकहरूको टोली बनाएको भन्दै नेपाल शिक्षक महासङ्घ उपस्थित नभएपछि वार्ता हुन नसकेको हो ।
मन्त्रालयले छलफलका लागि बोलाएपछि शिक्षक सङ्घ–सङ्गठनका केही प्रतिनिधि हिजो मन्त्रालय पुगिसकेका थिए ।
सिंहदरबार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि वार्ताको लागि जान लागेका महासङ्घका प्रतिनिधिहरु फर्किएका थिए ।
शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूबाटै प्राप्त नामका आधारमा प्रतिनिधिलाई सिंहदरबार बोलाइएको भन्दै त्यसमा आपत्ति भए वार्ता टोली गठन गर्न महासङ्घलाई आग्रह गरेका छन् ।
शिक्षक महासङ्घले बनाउने आधिकारिक वार्ता टोलीसँग वार्ता गरी समस्या समाधान गर्न तयार रहेको मन्त्री पन्तको भनाइ छ । सरकार र शिक्षकबीच आज फेरि वार्ताको तयारी छ ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षक महासङ्घ २५ दिनदेखि काठमाण्डौ आन्दोलनमा छ ।
शिक्षकहरु आन्दोलनमा रहँदा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पठनपाठनसँगै एसईईको उत्तरपुस्तिका परीक्षण र अस्ति बिहीवारदेखि शुरू हुनुपर्ने कक्षा १२ को परीक्षामा प्रत्यक्ष असर गरेको छ ।
सर्वोच्च अदालतले अस्ति बिहीवार तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण मिलाउन आदेश दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।