ईसाइ धर्मगुरु पोप फ्रान्सिसको आज अन्त्येष्टि गरिँदै : विश्वका शी...
बैशाख १३, २०८२ शनिबार
अमेरिकाको विस्कोन्सिन राज्यकी एक न्यायाधीश पक्राउ पर्नुभएको छ । कागजात नभएका एक आप्रवासीलाई समात्न अवरोध गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको रोयटर्सले जनाएको छ ।
अमेरिकी न्याय विभागद्वारा दायर आपराधिक उजुरीअनुसार, मिलवाकी काउन्टी सर्किटकी न्यायाधीश हन्ना डुगनले अप्रिल १८ तारिखमा अदालतमा उपस्थित एक व्यक्तिलाई आप्रवासनका अधिकारीले पक्राउ गर्न खोज्दा सहयोग नगरेको र उल्टै ती व्यक्तिलाई ‘जुरी ढोका’ बाट बाहिर निस्कन अनुमति दिएर पक्राउबाट जोगाउने प्रयास गरेको आरोप लागेको छ ।
एफबीआई निर्देशक काश पटेलले न्यायाधीश पक्राउबारे जानकारी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।
यो घटनालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अपनाएको आप्रवासन नीतिसँग स्थानीय अधिकारीको मतभेदको सङ्केतको रूपमा लिइएको छ ।
सङ्घीय र स्थानीय सरकारबीचको अधिकार क्षेत्र र आप्रवासन कानूनको पालनासम्बन्धी बहसलाई फेरि चर्काएको छ ।
ट्रम्प प्रशासनले कडा आप्रवासन नीति अगाडि सारेको छ, तर केही स्थानीय निकायले नीति कार्यान्वयनमा सहयोग गर्न अस्वीकार गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।