दाङमा श्रीमानको किरिया बसेकी श्रीमतीको ज्यान गयो
बैशाख १३, २०८२ शनिबार
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि आज साविक विजेता ललितपुर सिटी एफसी र पहिलो पटक फाइनलमा पुगेको पोखरा थन्डर्स खेल्दैछन् ।
फाइनल खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए ।
ललितपुर अपराजित रहँदै फाइनलमा पुगेको हो । ललितपुर र पोखराबीच लिग चरणमा भएको खेलमा पोखरा ३–२ गोलले पराजित भएको थियो । पहिलो क्वालिफायरमा ललितपुरले साविक उपविजेता टोली धनगढी एफसीलाई हराएर उपाधि नजिकै पुग्यो ।
पोखरा लिग चरणमा चौथो हुँदै प्लेअफ पुगेको थियो । काठमाण्डौ रेजर्ससँग समान ८ अङ्क भए पनि गोलअन्तरमा पोखरा अघि रह्यो । पोखराले एलिमिनेटरमा चितवन एफसीलाई ३ गोलले हराएको थियो । दोस्रो क्वालिफायरमा साविक उपविजेता धनगढीलाई एक गोलले पराजित गरी पोखरा फाइनल पुगेको हो ।
तेस्रो संस्करणको एनएसएल उपाधि विजेता टोलीले ८० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले हिजो पत्रकार सम्मेलन गरी विजेताले ८० लाख रुपैयाँ पाउने जानकारी दिएको हो ।
यस्तै उपविजेताले ३० लाख रुपैयाँ पाउनेछ । यसैगरी व्यक्तिगत विधामा पनि अवार्ड र पुरस्कार दिइने आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।