कर्णालीको चिसापानीमा तीन घण्टामै ४ सय ७० मिलिमिटर पानी परेकै हो त ?

 साउन ३१, २०८१ बिहीबार १७:२०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागको वर्षा मापन गर्ने नक्सामा आज दिउँसो कर्णालीको चिसापानीमा तीन घण्टामै ४ सय ७० मिलिमिटर पानी परेको देखिएको छ । तीन घण्टामा चार सय ७० मिलिमिटर पानी पर्नु भनेको आरीघोप्टे जस्तै हो र यसले तहसनहस मच्याउन सक्छ ।

यसबारेमा उज्यालोले मौसम पूर्वानुमान महाशाखासँग जिज्ञासा राख्दा वर्षा मापन यन्त्रमा प्राविधिक समस्या देखिँदा तीन घण्टामै ४ सय ७० मिलिमिटर पानी परेको देखिएको महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार कहिलेकाहीँ मापन यन्त्रमा प्राविधिक समस्या हुँदा यस्तो समस्या हुने गर्दछ । अहिले कर्णालीको चिसापानी वर्षा मापन केन्द्रमा समस्या देखिएको छ ।

यसैबीच, आज दिउँसो पर्वत, गोरखा, सिन्धुपाल्चोक, कास्की, इलाम लगायतका केही ठाउँमा पानी परेको छ । आज राति बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्न सक्ने महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनु भयो ।

आज राति सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि मौसमविद् अर्यालले बताउनु भयो । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया