लुम्बिनी र कर्णालीका केही ठाउँमा राति ठूलो वर्षा

 साउन ३२, २०८१ शुक्रबार ६:१४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – गएराति गुल्मी, म्याग्दी, बाग्लुङ, पर्वत,जाजरकोट, दैलेख र अछाममा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा जाजरकोटमा ८६ दशमलव ६ मिलिमिटर, गुल्मीको मुसिकोटमा ८४ दशमलव ४ मिलिमिटर र बाग्लुङको गलकोटमा ८३ दशमलव २ मिलिमिटर पानी परेको छ ।

गुल्मीको मुसीकोट, तम्घास, म्याग्दीको मुना, बाग्लुङको गलकोट, पर्वतको पञ्चासे, कार्कीनेटा वर्षामापन केन्द्र र आसपासको क्षेत्र भई बहने निस्ती खोला लगायत अरु स–साना खोलामा बहाव केही बढ्न सक्ने र कमजोर तथा भिरालो जमीनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै जाजरकोट, दैलेखको डन्डा गाउँ, अछामको असाराघाट क्षेत्रमा पनि ठूलो पानी परेकाले ती ठाउँहरुमा पनि सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

आज पनि मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया