यसपालिको नाडा अटो शोमा ७० प्रतिशत सहभागिता विद्युतीय गाडीको हुने

 भदौ ६, २०८१ बिहीबार ८:५६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो ११ गतेदेखि काठमाण्डौको भृकुटीमडपमा हुने नाडा अटो शो २०२४ मा विद्युतीय गाडी (ईभी) को सहभागिता सबैभन्दा बढी हुने भएको छ । प्रदर्शनीमा अघिल्ला वर्षहरुभन्दा यसवर्ष विद्युतीय गाडी धेरै हुने भएको हो ।

नाडाका संयोजक अनुप बरालले अटो शोमा ७० प्रतिशत सहभागिता विद्युतीय गाडीको हुने बताउनुभएको छ । विद्युतीय गाडीको प्रयोग र आकर्षण बढेपछि अटो व्यवसायीहरुले अन्तर्राष्ट्रिय बजारबाट विभिन्न ब्राण्डका गाडीहरु भित्र्याएका छन् ।

यो पटकको नाडा अटो शोमा बीवाईडीको एम सिक्स, टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, हुन्डाईको क्रेटा फेस लिफ्ट, भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिनलगायतका ब्राण्डहरु प्रदर्शनीमा राख्न लागिएको छ ।

प्रदर्शनीमा केही चिनियाँ विद्युतीय कार निर्माताले पनि सहभागिता जनाउने भएका छन् । यी सबै ब्राण्डको आधिकारीक लन्चिङ नै अटो शो मार्फत हुन लागेको छ  । नयाँ चिनियाँ ब्राण्डहरु जिकर, एक्सपेङ, जेको, अवतार, रेडारा, नामी र काई ब्राण्डको लन्चिङ हुने भएको हो ।

अटो शोमा ५५ वटा ब्राण्डका गाडीको सहभागिता रहने नाडाले जनाएको छ । यसमध्ये २४ वटा चारपाङ्ग्रे ब्राण्ड, १९ वटा दुईपांग्रे र १२ वटा हल्का व्यावसायिक गाडीको सहभागिता हुनेछ ।

यसैगरी १३ वटा लुब्रिकेन्ट ब्राण्ड, ५ ब्राण्डका ब्याट्री र टायर्स, १३ वटा हेल्मेट विक्रेता कम्पनी, ५ वाणिज्य बैंक, एक विकास बैंक र एक इन्स्योरेन्स कम्पनीसहित जम्मा ९५ वटा प्रदर्शकहरू रहने छन् । अटो शोमा ७५ हजारभन्दा बढीको सहभागिता हुने नाडाको अनुमान छ । 
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया