‘गाउँमा कविता’को ३० औं महिना पूरा, अधिकांश कविता नारीवादी

 मंसिर ८, २०७५ शनिबार १९:१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – गाउँमा कविता श्रृङ्खलाको ३० औं भाग पूरा भएको छ ।

झोराहाट नाट्य केन्द्रमा आयोजित ३० औं श्रृङ्खलामा पनि चारजना कविहरुले आफ्नो कविता सुनाएका छन्  । कवि शंकर सुबेदी, तिला लेकाली, अनिता न्यौपाने तथा नारायण पौडेलले कविता वाचन गरे । सुवेदी, लेकाली र पौडेल पूर्वका हुन भने न्यौपाने मकवानपुरबाट गाउँमा कवितामा छनौट भएर आएकी श्रष्टा हुन् ।

कविहरुले वाचन गरेका अधिकांश कविताहरु नारीवादमा आधारित थिए । महिलाका पीडा, छट्पटाहट, अहिलेसम्म देखिएका समस्या र त्यसको निरुपणको बारेमा पनि कविताबाट नै कविहरुले आगो ओकलेका थिए ।

हरेक कविले एउटा कार्यक्रममा ४ वटा कविता सुनाउने नियम अनुसार पहिलो २–२ कविता र त्यसपछिको २–२ वटा कविता सुनाएका थिए । प्रस्तुत गरिएका कवितामा मनको आकार, नारी, सपूत नारी, म धुलो, मन टुक्रिएपछि, अन्तिम पत्र बुवालाई, कतै भेटिउन् कतै नभेटिन्, सुन्दरी केटीको बयानलगायतका कविताले दर्शकको वाहवाही पाएको थियो ।

केन्द्रका अध्यक्ष भरत गुरागाईले जाडोको मौसम शुरु भइसकेको भए पनि झोराहाटमा कविताको तालोले सबैलाई न्यानो थपिएको जानकारी दिए ।  गाउँमा कविताको श्रृङ्खलामा ३० औं महिनासम्म पुग्नुमा सबैको साथको उच्च प्रशंसा गर्दै उनले अनन्तकालसम्म यो गाउँमा कविताको श्रृङ्खलालाई लैजाने बताए । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया