विमानले लैजान नमानेपछि निर्मलाका बुवालाई गाडीबाटै काठमाडौं ल्याइँदै

 मंसिर ९, २०७५ आइतबार ६:५१:५९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – मानसिक अवस्था बिग्रिएर उपचारका लागि काठमाडौं लैजान लागिएका निर्मलाका बुवालाई विमानले लैजान नमानेपछि गाडीमा पठाइएको छ ।

मानसिक रुपमा अस्वस्थ बन्नुभएका निर्मलाका बुवा यज्ञराज पन्तको असामान्य गतिविधिका कारण विमानमा लाने प्रयास असफल भएपछि उहाँलाई शनिबार रारत गाडीबाटै काठमाडौं पठाइएको हो ।

यज्ञराजको गतिविधिका कारण विमानस्थल कार्यालयले उहाँलाई विमानमा लैजान अस्वीकार गरेपछि राति नै गाडीबाट पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कुबेर कडायतले बताउनुभयो । 

उहाँले विमानबाट काठमाण्डौ लैजान सम्भव नदेखिएपछि राती सेती अञ्चल अस्पतालमा जाँच गरी प्रहरी र चिकित्सकको सुरक्षाकाबीच गाडीबाट काठमाडौं पठाइएको बताउनुभयो । 

‘गाडीलाई तोडफोड गर्ने मान्छेलाई हान्नेजस्ता उहाँका गतिविधिले गर्दा विमानमा लैजान सम्भव देखिएन’ प्रहरी प्रमुख कडायतले भन्नुभयो ‘त्यसैले सेती अस्पतालमा सामान्य जाँच गरेपछि राति साढे १० बजे तिर प्रहरी र एकजना चिकित्सकसहित गाडीमा पठाएका छौँ ।’ 

छोरीको न्यायका लागि १५ दिनदेखि जिल्ला प्रशासन अगाडी धर्नामा बस्नु भएका उहाँको मानसिक अवस्था नाजुक बनेपछि उपचारका लागि काठमाडौं लाने तयारी भएको थियो । तर, महेन्द्रनगरबाट धनगढीसम्म लैजाने क्रममा उहाँले गाडी तथा विमानस्थलमा देखाएको गतिविधिका कारण विमानबाटै लैजान समस्या भएको हो । 
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया