रुपन्देही र चितवनमा अति ठूलो वर्षा

 भदौ १६, २०८१ आइतबार ९:१३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रमा अत्यधिक वर्षा हुँदा नदी तटीय क्षेत्रमा जोखिम बढेको छ ।

पछिल्लो तीन घण्टामा चितवनको कल्याणपुरमा एक सय २८ दशमलव दुई मिलिमिटर, शक्तिपुरमा ९५ दशमलव आठ मिलिमिटर, रुपन्देहीको भवानीपुरमा ९५ दशमलव ६ मिलिमिटर र तिलोत्तमामा ८९ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

यस्तै बाढी पूर्वानुमान् महाशाखाले रुपन्देहीको तिनाउ र चितवनको नारायणी नदी जलाधार क्षेत्रका साना ठूला नदीहरुमा जोखिम रहेको भन्दै ‘रेडअलर्ट’ जारी गरेको छ । अहिले कोशी प्रदेशको सङ्खुवासभा, ताप्लेजुङ, खोटाङ, सोलुखुम्बुसहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया