नेपाल सुपर लिग : आज काठमाण्डौ र चितवन तथा धनगढी र झापा खेल्दै

 वैशाख १, २०८२ सोमबार १२:९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज काठमाण्डौ रेजर्स एफसी र एफसी चितवन तथा धनगढी एफसी र झापा एफसी खेल्दै छन् ।

काठमाण्डौ र चितवनको खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालमा दिउँसो साढे २ बजे शुरू हुनेछ । लिग अन्तर्गत काठमाण्डौले आज छैटौं र चितवनले पाँचाैं खेल खेल्न लागेका हुन् । अहिलेसम्मका खेलमा काठमाण्डौले एकमा जीत, दुईमा बराबरी र दुईमा हारसहित ५ अङ्क जोडेको छ । चितवनले दुईमा जीत एकमा बराबरी र एकमा हारका साथ ७ अङ्क बनाएको छ ।

यस्तै धनगढी र झापाबीचको खेल दशरथ रङ्गशालमा बेलुका ६ बजे शुरू हुनेछ । अहिलेसम्म चार खेल खेलेको धनगढीले दुईमा जीत र दुईमा बराबरी खेल्दै ८ अङ्क जोडेको छ । समान खेल खेलेको झापा अङ्कविहीन छ ।

एनएसएलमा धनगढी शीर्ष स्थानमा, ललितपुर दोस्रो र चितवन तेस्रो स्थानमा छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया