विभिन्न क्षेत्रका ६ जना महिलाले अन्तरिक्ष यात्रा गर्दै

 वैशाख १, २०८२ सोमबार १२:९:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विभिन्न क्षेत्रका ६ जना महिलाले अन्तरिक्ष यात्रा गर्ने भएका छन् । लरेन सान्चेजको नेर्तत्वमा पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, पूर्व नासा रकेट वैज्ञानिक आइशा बोवे र चलचित्र निर्माता करिन फ्लिनले अन्तरिक्ष यात्रा गर्न लागेका हुन् ।

उनीहरूले पृथ्वीको वायुमण्डलबाट धेरै टाढा रहेको पृथ्वी र अन्तरिक्षबीचको काल्पनिक सीमा, कर्मन रेखा पार गर्ने बीबीसीले जनाएको छ । न्यू शेपर्ड–३१ नामक यस मिसनमा ६ जनाले नै ब्लू ओरिजिनको न्यू शेपर्ड रकेटमा यात्रा गर्नेछन् ।

यसमा रहेको अन्तरिक्षयान पूर्णरूपमा स्वचालित हुने भएकाले अन्तरिक्षयानभित्र यसलाई सञ्चालन गर्ने कोही पनि हुने छैनन् । यो यात्रा लगभग ११ मिनेटको हुनेछ । सबै महिलाले अन्तरिक्षबाट पृथ्वीको दृश्य अवलोकनपछि पृथ्वीतर्फ आफ्नो फिर्ती यात्रा शुरू गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया