चितवनमा डेङ्गी सङ्क्रमणका कारण एक जनाको ज्यान गयो

 भदौ १७, २०८१ सोमबार ९:१६:२१ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

चितवन – चितवनमा डेङ्गी सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा अस्ति शनिवार राति ज्यान गएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलका अनुसार ती बिरामी ज्वरो आएर शुक्रवार मेडिकल कलेजमा भर्ना भएका थिए ।

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा सात सय जनाभन्दा धेरैमा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो । देशभर अहिलेसम्म ६ हजारभन्दा धेरैमा डेङ्गीको सङक्रमण पुष्टि भइसकेको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया