दशैँ नजिकिएसँगै बजारमा चहलपहल शुरु

 असोज ५, २०८१ शनिबार ९:३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – दशैँ नजिकिंदै गर्दा बजारमा चहलपहल बढ्न थालेको छ । काठमाण्डौ उपत्यकाका असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड, भृकुटीमण्डप, बानेश्वर लगायतका मुख्य बजारमा उपभोक्ताको चहलपहल बढ्न थालेको हो । कतिपयले दशैँको किनमेल थालिसकेका छन् ।

आर्थिक मन्दीका कारण व्यापार नभएर निराश भएका व्यापारीहरु दशैँमा भने व्यापार बढ्ने आशामा छन् । सरकारी कर्मचारी तथा अरू कामकाजीले दशैँ खर्च पाएपछि र बिदा नजिक आएपछि ग्राहक बढ्ने व्यापारीहरुको अपेक्षा छ । अब घटस्थापना आउन दुई हप्ता पनि बाँकी छैन ।

अर्को हप्ताको शनिवारदेखि बिस्तारै व्यापार पढ्ने व्यापारीहरुले आशा गरेका छन् । दशैँकै लागि भनेर सरकारले अस्ति ३ गतेदेखि सहुलियत पसल पनि शुरु गरिसकेको छ । यी पसलमा पनि ग्राहकको चहलपहल बढ्न थालेको छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया