श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि मतदान चल्दै

 असोज ५, २०८१ शनिबार ८:२७:४२ | एजेन्सी
unn.prixa.net

एजेन्सी

श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । त्यहाँ सन् २०२२ मा भएको आन्दोलनपछि नयाँ राष्ट्रपति चुन्न आज मतदान भएको हो ।

राष्ट्रपतिको प्रतिस्पर्धामा वर्तमान कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेसहित नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष अनुरा कुमारा दिसानायके, विपक्षी नेता सजित प्रेमदासा, पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमललगायत प्रतिपर्धामा हुनुहुन्छ ।

अनुरा कुमारा सन् २०१९ को राष्ट्रपतीय चुनावमा पनि उम्मेद्वार हुनुहुन्थ्यो । यो मतदानलाई आर्थिक सुधारको जनमत संग्रहको रूपमा लिइएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा गोटाबाया राजापाक्षे विजयी हुनुभएको थियो । तर २०२२ मा सबैभन्दा खराब आर्थिक सङ्कटका कारण चर्को आन्दोलन भएपछि राजापाक्षेले देश छोड्नुपरेको थियो । लगत्तै त्यहाँको संसदले रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाएको थियो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया