आज काठमाण्डौका विभिन्न ठाउँमा ७ घण्टा बिजुली नआउने

 असोज ५, २०८१ शनिबार ८:४२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाणडौ – आज काठमाण्डौका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, बानेश्वर वितरण केन्द्रअन्तर्गतकाे विद्युत लाइन भूमिगत गर्न बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सात घण्टा बिजुली नआउने भएको हो ।

विद्युत आपूर्ति बन्द हुने क्षेत्रहरुमा तीनकुने, गैरीगाउँ, लन्डन कलेज, बाजेको सेकुवा, केएमसी अस्पताल, एयरपोर्ट तथा भन्सार कार्यालय क्षेत्र रहेका प्राधिकरणले जनाएको छ । निर्धारित समयअघि नै काम सकिएमा बिजुलीको आपूर्ति नियमित हुने पनि प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया