म्याग्दीमा महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

 असोज ५, २०८१ शनिबार ११:५३:० | रासस
unn.prixa.net

रासस

म्याग्दी – सामाजिक विकास कार्यालय म्याग्दीले महिलाका लागि लोकसेवाका निःशुल्क तयारी कक्षा शुरु गरेको छ । कक्षा १२ उत्तीर्ण गरेपछि जापान, युरोप, अमेरिकालगायतका देश जान थालेपछि जिल्लाका शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव हुन सक्ने देखिएपछि कार्यालयले लोकसेवाका कक्षा शुरु गरेको हो ।

साथै यसरी तालिम सञ्चालन गर्दा उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम रोकिने अपेक्षा गरिएको सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले बताउनुभयो । उहाँका अनुसार महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसमा हरेक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको तयारी कक्षामा जिल्लाका छ वटा पालिका ३३ जना महिला सहभागी भएका छन् । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका महिला तयारी कक्षामा सहभागी भएका हुन् । कार्यालयले गएको वर्ष पनि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको थियो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया