प्राधिकरण भन्छ  :  भैरहवा विमानस्थल आफै चलाउन सक्षम र तयार छौँ

 मंसिर १०, २०७५ सोमबार १७:३८:५४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – भैरहवामा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो जुन महिनादेखि सञ्चालनमा आउने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । 

रन वे, ट्याक्सी वे, पार्किङ, एप्रोनलगायतका भौतिक कामको प्रगति ५८ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । जुन महिनामा अन्तर्राष्ट्रिय विमानस्थलको रन वे निर्माणको काम पूरा हुने र त्यसैमा आन्तरिक उडान गराएर अहिले भैरहेको आन्तरिक विमानस्थलको रनवेलाई ट्याक्सी वे बनाउनेगरी काम भैरहेको छ । 

विमानस्थल निर्माणको काम तीव्र गतिमा भए पनि विमानस्थल सञ्चालनको बारेमा भने अहिलेसम्म टुंगो लागेको छैन् । अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय सरकारी स्वामित्वका विमानस्थल सञ्चालन गर्न सक्षम र उपयुक्त कम्पनी पहिचान गरेर जी टु जी सम्झौताको लागि गृहकार्य गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेको छ ।  यस्तै अन्तर्राष्ट्रिय वित्त कम्पनीको परामर्स सेवामा अन्तर्राष्ट्रिय निजी क्षेत्रबाट प्रस्ताव आह्वान गर्न बाटो खुला गरिदिएको छ । 

आउँदो जुनमै गौतम बुद्ध विमानस्थल सञ्चालन गर्ने तयारीमा रहेको नेपाल नागरिक उडड्यन प्राधिकरणले सरकारी स्वामित्वका विमानस्थल सञ्चालन गर्न सक्षम र उपयुक्त कम्पनी पहिचान गरेर जी टु जी सम्झौताको लागि गृहकार्य गरिसकेको छ । विमानस्थलको सञ्चालन र व्यवस्थापनको लागि सम्झौता गर्न तयारी गरिएको प्राधिकरणले जनाएको छ । 

तर आउँदो जुन महिनासम्म पनि अर्थ मन्त्रालयले दिएका दुईवटै विकल्प अनुसारका कम्पनी नेपाल आउन नसकेमा विमानस्थल आफैले चलाउने प्राधिकरणले जनाएको छ । 

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले पनि हामीले नै चलाइरहेका छौँ र त्यो क्षमता हामीमा छ,  त्यसैले विदेशी कम्पनी नआएमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हामीले नै चलाउने गरी तयारी पनि गरिहेका छौँ, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘विदेशी कम्पनी नआएमा, कतै अवरोध भएमा तयार भएको विमानस्थल खाली राखेर बस्न हामी सक्दैनौँ, क्यानले नै विमानस्थल चलाउँछ ।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि आवश्यक पर्ने सबै सरकारी निकायलाई पनि भैरहवामा आफ्ना सेवा स्थापनाको लागि तयार रहन पत्राचार गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

अध्यागमन कार्यालय, सुरक्षा पोष्ट, क्वारेन्टाइन पोष्ट, क्याटरिङ लगायतका सबैजसो सेवाको लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको महानिर्देशक गौतमले जानकारी दिनुभयो । 

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया