स्पेनिस ला लिगामा एथलेटिको मड्रिडले सेल्टा भिगोलाई हरायो

 असोज ११, २०८१ शुक्रबार ९:१४:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

स्पेनिस ला लिगा फुटबलमा एथलेटिको मड्रिडले सेल्टा भिगोलाई १–० ले हराएको छ । सेल्टा भिगोको घरेलु मैदानमा गएराति भएको खेलमा मड्रिडका लागि इन्जुरी समयमा जुलियन एल्भराजले गोल गरे ।

यो जीतसँगै मड्रिड ७ खेलमा १५ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेल खेलेको सेल्टा भिगो ९ अङ्कसहित दशौँ स्थानमा छ ।

गएरातिको अर्को खेलमा भिल्ला रियलले स्प्यान्योललाई २–१ गोलले हराएको छ । भिल्ला रियल चौथो स्थानमा रहँदा स्प्यान्योल १४ औँ स्थानमा छ ।

अर्को खेलमा लस पाल्मस र रियल बेटिसले १–१ गोलको बराबरी खेलेर अङ्क बाँडेका छन् । बेटिस ११ औँ स्थानमा छ भने लस पाल्मस पुछारमा छ । 
  

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया