मनी ट्रान्सफरका सञ्चालकलाई छुरा हानेर पैसा लुटियो

 मंसिर १२, २०७५ बुधबार १४:५७:४७ | सुमन पुरी

सुनसरी – इटहरीको  मुख्य बजारमा रहेको मनी ट्रान्सफरमा लुटपाट भएको छ । 

विराटनगर लाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरमा मुखमा पट्टी बाँधेर आएका एक व्यक्तिले सञ्चालकलाई छुरा प्रहार गरी नगद लुटेर भागेको प्रहरीले जनाएको छ । 

छुरा प्रहारबाट सञ्चालक घाइते भएपछि काउन्टरमा रहेको नगद लुटेर लुटेरा भागेको प्रहरीले जनाएको छ । कति नगद लुटियो भन्ने खुलेको छैन । सञ्चालक घाइते भएपछि नजिकै रहेको डेन्टलका सञ्चालकले अस्पताल लगेका थिए । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया