इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै
पुस ७, २०८१ आइतबार
ललितपुर – ललितपुरमा अफ्रिकन 'स्वाइन फिभर' को सङ्क्रमणका कारण दुई सय वटाभन्दा धेरै बङ्गुर मरेका छन् । खोरमा रहेका बङ्गुर मर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर को सङ्क्रमण देखिएको जिल्ला पशु सेवा कार्यलय ललितपुरले जनाएको छ ।
महानगरपालिका पशु सेवा विभागले बङ्गुर मर्न थालेपछि केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरेको पीसीआर परीक्षणको नतिजाअनुसार नख्खु करिडोर छेउछाउमा किसानले पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो ।
कात्तिकको अन्तिम हप्तादेखि बङ्गुर मर्ने क्रम शुरू भएकोमा अहिले दक्षिणकालीमा सङ्क्रमण बढी देखिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख प्रभात न्यौपानेले जानकारी दिनुभयो ।
ललितपुर महानगरपालिका पशु सेवा शाखाले बङ्गुर किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बङ्गुरलाई स्वाइन फिभरको सङ्क्रमणबाट बचाउन खोप उपलब्ध नभएकाले सङ्क्रमण देखा परेका बङ्गुरलाई छुट्टै खोरमा राखी दानापानी दिनुपर्ने कार्यालय प्रमुख न्याैपानेको सुझाव छ ।
सङ्क्रमण भएमा एक सय चारदेखि एक सय सात डिग्री फरेनहाइट ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छटपटाउने, तुहिनेलगायत लक्षण देखापर्ने उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।