नेपाल सुपर लिगका लागि खेलाडीको अक्सन फेब्रुअरीको तेस्रो हप्तामा हुने

 पुष २०, २०८१ शनिबार ६:३३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा तेस्रो सिजनका लागि खेलाडीको अक्सन आउँदो फेब्रुअरीको तेस्रो हप्ता हुने भएको छ ।

प्रतियोगिता शुरू हुनु एक महिना अगाडि खेलाडीको अक्सन गर्न लागिएको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ ।

एनएसएलको तेस्रो सिजन आउँदो मार्च २९ अर्थात चैत १६ गतेदेखि सञ्चालन गर्ने यसअघि घोषणा भइसकेको छ ।

एनएसएलको पहिलो संस्करणमा काठमाण्डौ रेजर्स र दोस्रो संस्करणमा ललितपुर सिटी एफसी च्याम्पियन भएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चार वर्षे सम्झौतासहित सन् २०१९ मा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टलाई एनएसएल आयोजना गर्ने अधिकार दिएको थियो ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया