विश्वम्भर प्याकुरेललगायत ६ जनालार्इ नारायण गोपाल संगीत सम्मान

 मंसिर १९, २०७५ बुधबार १९:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

नेपाली सांगितिक क्षेत्रमा अतुलनीय योगदान दिनुभएका स्वर सम्राट नारायण गोपालको स्मृतिमा काठमाडौंलगायत देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

यसै अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा मुलुकको विभिन्न क्षेत्रमा अतुलीय योगदान पुर्‍याउनुभएका वरिष्ठ संगीतकार कर्म योञ्जन, वरिष्ठ अभिनेता नीर शाह, गीतकार दिनेश अधिकारी, राजेन्द्र रिजाल, वरिष्ठ चिकित्सक डा. दीर्घसिंह बम र अर्थशाष्त्री विश्वम्भर प्याकुरेललाई ‘नारायणगोपाल स्मृति सम्मान’ प्रदान गरिएको छ ।

नारायण गोपाल संगीत कोषले समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ६ जना व्यक्तित्वलाई सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेता नीर शाहले स्वर सम्राट नारायण गोपाल मुलुकको सांगीतिक क्षेत्रको गम्भीर अध्येता भएको उल्लेख गर्दै उहाँबाट नयाँ पुस्ताले गहन अध्ययनका साथ गीत, संगीतको क्षेत्रमा लाग्न प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो ।

वरिष्ठ साहित्यकार एवम् कोषकी अध्यक्ष उषा शेरचनले नारायण गोपाल हर क्षण सम्झनलायक व्यक्तित्व भएको स्मरण गराउनु भयो । उहाँले नारायण गोपालका गीतले पीडामा पनि हरेकलाई हाैसला प्रदान गर्ने पनि उल्लेख गर्नुभयो ।

संगीतका हरेक विधामा उत्तिकै प्रखर स्वर सम्राट नारायण गोपालका सबै गीत कालजयी रहेका छन् । विक्रम संवत १९९६ साल असोज १८ गते काठमाडौंमा जन्मिनुभएका नारायण गोपालले गाउनुभएको ‘एउटा मान्छेको मायाले’, ‘म त लालीगुराँस भएछु’, ‘मोहनी लाग्ला है’ जस्ता सयौं गीत सर्वाधिक रुचाइएका छन् । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया