प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले कोशीलाई १ सय ३१ रनले हरायो

 चैत ९, २०८१ शनिबार १५:१४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री कप पुरुष एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई एक सय ३१ रनले हराएको छ । बागमतीले दिएको दुई सय ४१ रनको लक्ष्य पछ्याएको कोशी २५ ओभर तीन बलमा एक सय नौ रनमा अलआउट भयो ।

कोशीका लागि आशिष भट्टराईले सबैभन्दा धेरै ३७ र सुजन थपलियाले २५ रन बनाए । बागमतीका बलर सूर्य तापाङले पाँच विकेट लिए । यस्तै रिजन ढकालले तीन विकेट र साकार गजुरेलले एक विकेट लिए ।

त्यसअघि दाङको देउखुरी मैदान लमहीमा टस जितेर पहिले ब्याटिङ गरेको बागमती ४९ ओभर तीन बलमा दुई सय ४० रनमा अलआउट भयो । बागमतीका लागि सुवाश कंसाकारले ३९, आशुतोष घिरोइयाले २९, इशान पाण्डे र विपिन आचार्यले समान २५ रन बनाए । यस्तै कप्तान पृथु बास्कोटाले २४ रन बनाए । कोशीका बलर प्रकाश कार्की र सुजन थपलियाले समान दुई विकेट लिए । 

यो जीतसँगै बागमती सात खेलमा छ अङ्कसहित छैटौं स्थानमा उक्लिएको छ । समान खेलमा दुई अङ्कसहित कोशी तालिकाको पुछारमा झरेको छ । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोली छन् । प्रतियोगिता यही १६ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: चैत १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया