नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त
चैत १२, २०८१ मंगलबार
सर्लाही – सर्लाहीमा अस्ति र हिजो परेको असिनापानीले ठूलो क्षति पुर्याएको छ । हावाहुरीसहितको असिनापानीले गहुँ, मकै, दलहन तथा फलफूलका बाली नष्ट गरेको हो ।
असिनापानीले बरहथवा, हरिपुर, कविलासी र बागमती नगरपालिकामा सबैभन्दा धेरै बाली नष्ट गरेको छ । काटेर भित्र्याउने अवस्थामा रहेको गहुँ असिनापानीले नष्ट गरेको हरिपुर नगरपालिका–१ का किसान सुनिल सिंहले गुनासो गर्नुभयो ।
असिनापानीले दलहन बाली मुसुरो, चना, खेसरी, लहर तथा फलफूल आँप, लिची, कटहरका फूल नष्ट गरेको छ । असिनापानीले फूल झारेपछि यस वर्ष फलफूल उत्पादनमा कमी आउने देखिएको छ ।
यस्तै हावाहुरीले फल्दै गरेको मकै ढालेर सखाप पारेको बरहथवाका किसान महेश बरालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।