प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

 चैत १२, २०८१ मंगलबार ६:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनले अध्यक्ष पदमा गणेश पाण्डेसहित ९९ सदस्यीय कार्य समिति चयन गरेको छ । चुनावबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उहाँले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो ।

यस्तै उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हीरामान लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवमा विक्रम लुइँटेल, प्रदीप आचार्य, नरेश भण्डारी र विष्णु तारुके निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनले  लेखा आयोग, अनुशासन आयोग, नीति तथा प्रशिक्षण आयोग र निर्वाचन आयोगका संयोजक पनि निर्विरोध निर्वाचित गरेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया