भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने सत्ता गठबन्धनबीच सहमति

 चैत १३, २०८१ बुधबार १३:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – सत्तारूढ दलका शीर्ष नेताहरू भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पार्न सहमत भएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको सत्तापक्षको बैठकले भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पारेर विधेयक ल्याउने सहमति गरेको हो ।

सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका विभिन्न ६ वटा अध्यादेशमध्ये भूमि अध्यादेश संसद्बाट स्वीकृत भएको छैन । सरकारले पुस १४ गते एउटा र गएको पुस २९ गते पाँच वटा अध्यादेश ल्याएको थियो  । यीमध्ये पाँच वटा अध्यादेश दुवै सभाबाट स्वीकृत भएर अगाडि बढेको छ । पाँच वटै अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा विचाराधीन छ । तर भूमि अध्यादेश भने दुवै सभाबाट स्वीकृतसमेत हुन सकेको छैन ।

राष्ट्रियसभामा तीन जना सांसद रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि अध्यादेशमा सहयोग गर्न नसक्ने अडान राखेपछि सरकारले भूमि अध्यादेश सदनमा निर्णयार्थ पेश नै गरेको थिएन ।

बालुवाटारमा भएको सत्तापक्षको बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी थिए ।

अन्तिम अपडेट: चैत १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया