शेयर बजार लगातार तेस्रो दिन बढ्यो, साढे ७ अर्ब रुपैयाँको कार...
चैत १७, २०८१ आइतबार
काठमाण्डौ – अमेरिकी दूतावासले अमेरिकी भिसा लिनका लागि गलत विवरण वा नक्कली कागजात पेश गरेमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धका साथै आपराधिक मुद्दा लाग्न सक्ने चेतावनी दिएको छ ।
नेपालमा रहेको दूतावासले सूचना निकालेर अमेरिकी भिसा लिने धुनमा गलत विवरण नदिन सचेत गराएको हो । पछिल्लोपटक ठगी र नक्कली कागजातसम्बन्धी घटनाका प्रवृत्ति र प्रविधिबारे दूतावास जानकार रहेको सूचनामा उल्लेख छ ।
यसैबीच थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासले म्यानमारको मेवाडीबाट चार जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ ।
दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ । कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्वोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नजानका लागि पनि दूतावासको अनुरोध छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।