शेयर बजार लगातार तेस्रो दिन बढ्यो, साढे ७ अर्ब रुपैयाँको कार...
चैत १७, २०८१ आइतबार
काठमाण्डौ – आज विश्व रङ्गमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
यो वर्षको नारा ‘रङ्गमञ्च र शान्तिको संस्कृति’ रहेको छ । यसले रङ्गमञ्चको कथा कथन र प्रदर्शनको माध्यमबाट शान्ति र समझदारी प्रवर्द्धनको महत्त्वलाई उजागर गर्दछ ।
सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्टिच्युटले यो दिवसको अवधारणा ल्याएपछि १९६२ देखि हरेक वर्ष विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो ।
पछिल्लो समय नेपालमा रङ्गमञ्चप्रतिको आकर्षण बढ्दो छ । रङ्गकर्मीका रूपमा उदाएका कलाकार चलचित्रमा जमेको पाइन्छ । यस्तै काठमाण्डौमा सञ्चालित नाटकघरमा दर्शकको आकर्षण पनि बढ्दो रहेको रङ्गकर्मी बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।