काठमाण्डौ विश्वकै सबैभन्दा प्रदूषित शहर
चैत १८, २०८१ सोमबार
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ ।
फ्रान्सको पेरिसमा पोषणसम्बन्धी एक विश्व सम्मेलनमा सहभागिताका लागि त्यहाँ रहनुभएका मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउन्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग वार्ता गर्दै यस्तो आग्रह गर्नुभएको हो ।
नेपालमा अहिले गर्भवतीहरुलाई आइरन चक्की दिइन्छ । तर त्यसमा आइरन र फोलिक एसिड भए पनि अरु विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन् ।
गर्भवती तथा नवजात शिशु दुवैमा कुपोषणमा कमी ल्याउन अहिले खुवाइने आइरन चक्कीको साटो कमी देखिएका १५ वटै तत्वको मिश्रण दिने सरकारको तयारी छ ।
यसका लागि सहकार्य गर्न मन्त्री पौडेलले गरेको आग्रहमा अमेरिकी परोपकारी संस्थाले सकारात्मक प्रतिक्रिया दिएको छ । उसले सरकारलाई थप आवश्यक पर्ने बजेटको अध्ययन गरेर सघाउने गरी निकट भविष्यमा सम्झौता गर्न सकिने बताएको छ ।
केही महिनाभित्रै सहकार्य गर्न सकिने गरी खाका बनेको भ्रमणमा सहभागी परिवार कल्याण महाशाखा प्रमुख डा.विवेककुमार लालले बताउनुभयो ।
नेपाली उद्योगलाई समेत पोषक तत्वमिश्रित सामग्री उत्पादनमा सहकार्य गर्न मन्त्री पौडेलले गरेको अनुरोधमा संस्थाले सकारात्मक प्रतिक्रिया दिएको छ ।
नेपालमा कुपोषणका कारण हुने मातृशिशु मृत्युदर कम गर्न गर्भवतीलाई दिइने पोषक तत्वको भूमिका महत्त्वपूर्ण हुने भएकाले यसमा हुने सुधारले महत्त्वपूर्ण अर्थ राख्ने डा.लालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।