नेपाल सुपर लिगमा आज चितवन र पोखरा खेल्दै
चैत १८, २०८१ सोमबार
काठमाण्डौ – रहस्य, सङ्घर्ष र सामाजिक यथार्थको संयोजन बोकेको चलचित्र ‘डोरी’ आजदेखि सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ ।
जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा अरुण लामाले निर्देशन रहेको छ । लघु चलचित्र र वृत्तचित्रमा अनुभव हासिल गरिसकेका लामाका लागि यो पहिलो फिचर चलचित्र हो ।
चलचित्र ‘डोरी’ ले एक सङ्घर्षशील युवाको कथालाई प्रस्तुत गर्छ, जसले आफ्नो परिवारको आर्थिक भार कम गर्न जोखिमपूर्ण निर्णयहरू लिन्छ । कथामा हास्य, त्रास, रहस्य, र सङ्घर्षलाई प्रभावकारी रूपमा समेटिएको छ ।
चलचित्रमा प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहालगायतका कलाकारहरूको अभिनय देख्न पाइन्छ ।
विशेषगरी, अञ्जना बराइलीले यसअघि ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्ण बहादुरको सारङ्गी’ जस्ता चलचित्रमा अभिनय गरिसक्नु भएको छ ।
निर्देशक अरुण लामाकै कथा रहेको चलचित्रमा दिनेश भट्टराई निर्माता र राज थापा कार्यकारी निर्माता हुनुहुन्छ ।
सौरभ लामाले छायाँकन गरेको चलचित्रमा सङ्गीत सङ्गीतकार राजनराज सिवाकोटीको रहेको छ । द्वन्द्व निर्देशन राजु तामाङको रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।