बर्दियाका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ बने इन्टिग्रेटी आइडल

 मंसिर २१, २०७५ शुक्रबार २०:१६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ यस वर्षको इन्टिग्रेटी आइडल बन्नुभएकोछ ।

निजामती कर्मचारीहरुलाई प्रदान गरिने यस सम्मानका लागि छनौट भएका पाँचजना मध्ये एसएमएस र अनलाइन मतका आधारमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ आइडलमा छनौट हुनुभएको हो ।

उहाँलाई शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । २०५५ सालबाट निजामती सेवामा रहेर प्रमुख जिल्ला अधिकारीको रुपमा विभिन्न ७ वटा जिल्लामा काम गरिसक्नुभएका कुरुम्वाङ नागरिकको घरदैलोमा सरकारी सेवा, निडर र नागरिकप्रति जवाफदेही, भ्रष्टचारबिरोधी, जनप्रिय प्रशासक भनी आयोजकले चित्रण गरेको छ ।

इन्टिग्रेटी आई्डलको सम्मानबाट सम्मानित भएपछि उज्यालोसँग कुरा गर्दै कुरुम्वाङले सम्मानबाट आफूमा नागरिकप्रति अझ बढी जिम्मेवारी थपिएको बताउनुभयो । विश्वव्यापी रुपमा सरकारी सेवाका आइडल छान्दै आएको इन्ट्रिग्रेटी आइडलले नेपालमा सन् २०१४ बाट आइडल छान्न शुरु गरेको हो । 
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया