म्यानमारमा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो

 चैत १९, २०८१ मंगलबार ७:५:३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीन हजार ९ सयभन्दा धेरै घाइते भएका छन् । अझै दुई सय ७० जना हराइरहेका छन् । मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

गएको शुक्रवार म्यानमारमा गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा पूर्व प्राथमिक विद्यालयको भवन भत्किँदा १२ जना बालबालिका र केही शिक्षकशिक्षिकाको ज्यान गएको विद्यालयले पुष्टि गरेको छ । तर स्थानीयले  झण्डै ४० जना बालबालिकाको ज्यान गएको हुनसक्ने बताएका छन् ।

सरकारले यही अप्रिल ६ सम्म राष्ट्रिय शोकको घोषणा गर्दै झण्डा आधा झुकाउने निर्णय गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारको काम भइरहेको छ ।

पछिल्लो चार वर्षदेखिको गृहयुद्धका कारण आर्थिक र स्वास्थ्य प्रणाली नै धरासायी भएको म्यानमारले अन्तर्राष्ट्रिय सहायता मागेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन सहायता घोषणा गर्दै आउँदो ३० दिनभित्र आठ लाख अमेरिकी डलर सहयोग आवश्यक पर्ने बताएको छ ।

रेडक्रसले पनि सय मिलियन डलरभन्दा बढी सहयोगको अपिल गरेको छ । चीन, रूस, भारतलगायतका देशहरूले सहायता उपलब्ध गराइरहेका छन् । तर, सङ्कटको बीचमा पनि म्यानमारको सैन्य सरकारले विरोधी समूहहरू विरुद्ध हवाई आक्रमण गरिरहेको छ । भूकम्पपछि भएको हवाई आक्रमणमा सात जना विद्रोहीको ज्यान गएको छ । 

अन्तिम अपडेट: चैत २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया