एभरेष्ट प्रिमियर लिग: उद्घाटन खेलमा विराटनगरलार्इ ललितपुरले दियाे १ सय ५ रनको लक्ष्य

 मंसिर २२, २०७५ शनिबार १५:९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाै - एभरेष्ट प्रिमियर लिग अन्तर्गत उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्सलार्इ ललितपुर पेट्रियट्सले एक सय ५ रनको लक्ष्य दिएको छ ।  

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय चार रन बनायो ।  ललितपुरले चार रन हुँदा पहिलो विकेट गुमायो । उसका भारतीय खेलाडी रवीकिशन कोल्सावाला चार रनमा आउट भए ।

ललितपुरको स्कोर २१ रन हुँदा दोस्रो विकेट झर्यो । यसपटक गौरव तमोर चार रनमा आउट भए । ३८ रन हुँदा पवन सर्राफ व्यक्तिगत १४ रनमा आउट भएपछि ललितपुरले तेस्रो विकेट गुमायो । कुशल भुर्तेलले पनि खाता खोल्न नपाउँदै आउट भएपछि  ललितपुरले ३९ रनमा चार विकेट गुमायो ।

ललितपुरले ८८ रन बनाउँदा उसले छैटौ विकेट खेर फाल्यो भने ९७ रनमा सातौ विकेट गुमायो । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल अर्धसतक बनाउनबाट मात्र एक रनले चुके । उनलाई करण केसीले आउट गर्नुअघि तीन चौका र दुई छक्काको मद्दतले ४९ रन बनाए ।

बलिङतर्फ विराटनगरका करण केसी र रे भान डेल र्मेवीले दुई दुई विकेट लिए ।

१०५ रनकाे लक्ष्य पछ्याउन जवाफी ब्याटिङ गरेकाे विराटनगर वारियर्स यतिबेला ७ अाेभरकाे समाप्तिमा १ विकेट गुुमाउँदै २७ रन बनाएर खेलिरहेकाे छ ।

अघिल्लो संस्करणको विजेता विराटनगर पारस खड्काको कप्तानीमा तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा छ । आउँदो पुस ७ गतेसम्म चल्ने प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स र पोखरा राइनोज गरी ६ टिम सहभागी छन् ।

पन्ध्र दिनसम्म चल्ने सो प्रतियोगितामा जम्मा १९ खेल हुनेछन् । राउण्ड रोविन लिगमा हुने प्रतियोगितामा हरेक दिन दुई-दुई खेल हुनेछन् । यो प्रतियोगितालाई आर्इसीसीले मान्यता दिइसकेको छ । खेल हेर्न विद्यार्थीले ५० रुपैयाँ र अरुले एक सय रुपैयाँ  तिर्नुपर्नेछ । 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया