विद्यालय भर्ना अभियान शुरू, शिक्षामा बजेट वृद्धि र शिक्षा विधे...
बैशाख १, २०८२ सोमबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु खेल्दैछन् ।
जयपुरमा हुने यो खेल नेपाली सयमअनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । राजस्थान पाँच खेलमा चार अङ्कसहित तालिकाको सातौं स्थानमा छ । समान खेलमा छ अङ्कसहित बैङ्गलुरु पाँचौं स्थानमा छ ।
यस्तै आजै हुने दोश्रो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ । यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । दिल्ली चार खेलमा आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । पाँच खेलमा मुम्बई दुई अङ्कसहित तालिकाको पुछारबाट दोश्रो स्थानमा छ ।
हिजो भएका खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्गसलाई आठ विकेटले र लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई छ विकेटले हराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।