आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकारले काम गरिरहेको छ : अर्थमन्त्री खतिवडा

 पुस ७, २०७५ शनिबार १३:५७:४१ | गोविन्द शर्मा
unn.prixa.net

फाइल फाेटाे

बाँके – अर्थमन्त्री डा. युवराज खतिवडाले आत्मनिर्भर अर्थतन्त्रका लागि राज्यले केही बस्तु संरक्षणको नीति लिएको बताउनुभएको छ ।

आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै मन्त्री खतिवडाले सिमेन्ट, चिनीलगायतका केही आधारभूत बस्तुमा सरकार आत्मनिर्भर हुन चाहेको बताउनुभयो ।

कृषि र पशुपालनमा सरकारले किसानलाई सहयोगको नीति लिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । अर्थमन्त्री खतिवडाले नेपाली किसानको दूध बिक्री नहुने र विदेशबाट धुलो दूध आयात भइरहने अवस्था आउन नदिन सरकारले किसानलाई सहयोग गर्ने नीति लिएको स्पष्टिकरण दिनुभयो ।

सरकारले करको दरभन्दा पनि दायरा बढाउने नीति लिएको भन्दै अर्थमन्त्री खतिवडाले  कर नतिरेका व्यक्ति र क्षेत्रलाई करको दायरामा ल्याउन सरकार लागि परेको बताउनुभयो ।

पूँजी निर्माणको अभिन्न अङ्ग राजश्व भएको बताउँदै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र सधैँ विदेशी पूँजीमा निर्भर रहनु नसक्ने दाबी गर्नुभयो । उहाँले करको दायरा फराकिलो हुँदै जाँदा पनि  मूल्य अभिवृद्धि करको प्रक्रियामा सुधार नभएको भन्दै समग्र सुधारका लागि भन्सार व्यवस्थित गर्न आवश्यक भएकोमा जोड दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया