मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गयाे

 पुस १२, २०७५ बिहिबार १९:४५:५९ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – गोरुसिंगे–तौलिहवा सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि बिहीबार तौलिहवामा एक युवकको मृत्यु भएको छ ।

गोरुसिंगेबाट तौलिहवातर्फ आउँदै गरेको लु ३७ प ६९६५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ४६ प २३६३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा कपिलवस्तु नगरपालिका–१, चौक बजारका ३० वर्षीय निराजन गुप्ताको मृत्यु भएको हो ।
 
तीव्र गतिमा रहेका २ मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका गुप्ताको जिल्ला अस्पताल तौलिहवामा उपचार गराई थप उपचारका लागि भैरहवा लैजाँदा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
दुर्घटनामा घाइते भएका कपिलवस्तु नगरपालिका–१, चौक बजारका हरि बर्माको बुटवलमा र अर्का घाइते बुद्धभूमि नगरपालिका–१, का ३५ वर्षीय गौरव थारुको भैरहवामा उपचार भइरहेको छ ।

घाइते वर्माको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

असुरक्षित ढंगबाट तीव्र गतिमा सवारी साधनहरु चलाउँदा त्यस सडक खण्डमा बढी दुर्घटना हुने गरेको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनु भयो । 


 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया