प्रहरीलाई प्रविधि अभावका कारण काम गर्न गाह्रो भएको छ : महानिरीक्षक खनाल

 पुस २०, २०७५ शुक्रबार १८:२१:१६ | मदन ठाकुर
unn.prixa.net

फाइल तस्बिर

रौतहट – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विश्व सूचना प्रविधिलाई अंगाल्दै अघि बढिरहेको भए पनि नेपाल प्रहरीलाई सूचना प्रविधिको अभावमा काम गर्न गाह्रो भएको बताउनुभएको छ ।

रौतहट सदरमुकाम गौरमा ‘वायरलेस’ प्रविधिको सीसीटीभी क्यामेराको उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै महानिरीक्षक खनालले सीसीटीभीको अभावमा प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न निकै गाह्रो भइरहेको बताउनुभयाे ।

अपराधीहरुले सूचना प्रविधिकाे सहजै रुपमा प्रयोग गरेर टाढैबाट विभिन्न किसिमको अपराधहरु घटाउने गरेको कारण नेपाल प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भएको उहाँले बताउनुभयो ।

उहाँले सूचना प्रविधिको विकाससँग नेपाल प्रहरी जोडिए जस्तोसुकै चुनौतीलाई सहज रुपमा अनुसन्धान गरी अपराधीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सक्षम रहेको बताउनुभयो ।

प्रहरीलाई सहज रुपमा प्रविधिमा घुलमिल गराउन वर्तमान सरकारको साथै प्रदेश सरकार र स्थानीय सरकारको त्यतिकै जिम्मेवारी रहेकाे उहाँकाे भनाइ थियो । 


 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन ठाकुर

रौतहटका पत्रकार मदन ठाकुर उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया